इन्द्रेणी सम्बाददाता
दाङ २२ मङ्सिर । सूचना तथा संचार प्रविधी मन्त्रालय अन्तरगत रहेको सूचना बिभागले दाङका पत्रकारहरुका लागि प्रेस प्रतिनिधी प्रमाणपत्र (रातो कार्ड ) वितरण गरेको छ । मंगलबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी सूचना बिभागमा महानिर्देशक लक्ष्मी विलास कोईरालाले पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमलाई हस्तान्तरण गर्नुभएको थियो ।
दाङमा २१ गते आएको टोलीले जिल्लामा संचालित संचार माध्यमका प्रतिनिधी कार्ड उपलब्ध गराएको थियो । पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमको अध्यक्षता एंव बिभागका महा निर्देशक लक्ष्मी विलास कोईरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै कोईरालाले प्रेस प्रतिनिधी कार्डको सदुपयोग गर्न पत्रकारलाई आग्रह गर्नुभयो । महानिर्देशक कोईरालाले दाङमा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायण प्रसाद शर्मालाई समानार्थ परिचय पत्र वितरण गरिएको थियो । दाङमा नयाँ पत्रकार परिचय पत्र १ सय १४ , जनालाई बितरण गरिएको थियो ।
टेलिफोन छुट ३ परिचय पत्र नविकरण २ , ब्यबस्थापक ७ जनालाईप्रदान गरिएको थियो । पत्रिका स्थायी १ ,गर्ने अनुमति प्रदान गरिएको थियो । शिविरमा विभागका शाखा अधिकृत मिठ्ठाराम हुमागाई , रुपा बिक, लेखाअधिकृत उद्धव प्रसाद पोख्रेल, ना.सु रमा कुमारी निरौला, सुर्यप्रसाद श्रेष्ठ कम्प्युटर अपरेटर खगेन्द्र कार्की लगायतको सहभागिता रहेको थियो । पत्रकार महासंघ दाङका उपाध्यक्ष लक्ष्मी आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासंघका सह सचिव डिल्ली मल्लले गर्नुभएको थियो ।





