ताजा अपडेट

...


भारतीय नोटकोे कालोबजारी



इन्द्रेणी सम्बाददाता 
काठमाण्डौ, २२ मंसिर । भारतसँग सिमाना जोडिएका नेपाली बजारहरूमा बिरामीका नाममा भारतीय नोटकोे कालोबजारी बढेको छ । सामान्य अवस्थामा भन्दा बिरामी उपचारका लागि धेरै भारु सटही सुविधा पाइने व्यवस्था रहेकोमा त्यसको फाइदा उठाउँदै अहिले भारु नोटको व्यापक कालोबजारी भइरहेको हो ।

तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण इन्धनलगायत अत्यावश्यक सामग्री अभावसँगै विभिन्न बहानामा भारुको कालोबजारी मौलाएको हो । विद्यमान कानुनी व्यवस्था अन्तर्गत सामान्य अवस्थामा सातामा एक व्यक्तिले पाँच हजारसम्म भारु सटही सुविधा पाउँछने व्यवस्था छ ।

तर, बिरामी भई भारतमा उपचार गर्न जानुपरेमा बिरामीको अवस्था हेरी एकपटकमा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म भारतीय मुद्रा सटही गर्न पाउने सुविधा राष्ट्र बैंकले दिएको छ । सोही कारण चिकित्सकबाट विरामीको नक्कली प्रमाणपत्र बनाई भारु माग गर्ने प्रवृत्ति बढेको  नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालय प्रमुख भीष्मराज उप्रेतीले जानकारी दिनुभयो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.