इन्द्रेणी सम्बाददाता
दाङमा आज ट्रकको ठक्करवाट २ जना घाईते भएका छन् । धनगढिबाट नारायणगढ जाँदै गरेको ना १ ख ८९६८ नं.को ट्रकले लालमटिया ५ मौरीघाटमा ठक्कर दिँदा साइकलमा सवार लालमटिया ६ नयाँबस्तीका १३ वर्षिया मनिता चौधरी र १४ वर्षिया आकृति चौधरी घाईते हुभएका हुन 

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार घाइते आकृतिको प्राथमिक स्वास्थ्य केन्द्र भालुबाङमा उपचार भएको छ भने मनितालाई थप उपचारका लागि बुट्वल रिफर गरिएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीको नियन्त्रणमा रहेका छन ।।




