इन्द्रेणी सम्बाददाता
दाङ, २१ मंसिर । दाङमा आज २४ हजार लिटर पेट्रोलियम पदार्थ आएको छ । घोराही र तुलसिपुरका लागि आज१८ हजार लिटर डिजेल र ६ हजार लिटर पेट्रोल आएको नेपाल आयल निगम इन्धन डिपो कार्यालय तुलसिपुरले जानकारी दिएको छ ।
दिउँसो आएको उक्त इन्धन घोराही क्षेत्रवाट ४ र तुलसीपुर क्षेत्रका ४ वटा पम्पवाट वितरण गरिने डिपोका कार्यालय प्रमुख बिपिन श्रेष्ठले जानकारी दिनुभएको छ । थोरै मात्रामा आएको इन्धन पुगे जतिलाई बितरण गरिने डिपोले जनाएको छ ।
घोराही क्षेत्रमा अरुणोदय पम्पवाट ३ हजार लिटर पेट्रोल वितरण गर्ने तयारी गरिएको छ भने योगी, बबी र डिके पेट्रोल पम्पवाट डिजल वितरण गरिदैछ । यसैगरी तुलसीपुर क्षेत्रमा तुलसी पेट्रोल पम्पवाट ३ हजार लिटर पेट्रोल र राप्ती, भ्याली र मृनाल पम्पवाट डिजल वितरण गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ ।
डिजल आज साँझवाट वितरण गरिने र पेट्रोल स्थानीय प्रशासनको समन्वयमा वितरण गरिने भएको छ । नेपाल भारतको रुपैडिया नाका ठप्प हुदा यस क्षेत्रमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको हाहाकार भएका छ । इन्धन भर्नका लागि गाडिहरु हप्ता दिन देखी पम्पमा लाईन बसेका छन् ।
साढे २ महिना देखीको नाकाबन्दीका कारण इन्धन, ग्यासको चरम अभाब रहेको छ भने खाद्यान्नको अभाब सँगै मूल्य समेत वृद्धि भएको छ । नयाँ संविधानमा सिमांकनको बिषयलाई लिएर मधेसी मोर्चाले गरेको नेपाल भारत नाकाबन्दलाई भारतले सघाउदा नेपालीहरु सकसपूर्ण अबस्थामा दिन काटिरहेका छन् ।।