रेखा मगर
दाङ, २१ मंसिर । अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति दाङले भारतको नाकावन्दी र यसवाट सृजित समस्या समाधानका लागी सरकारको ध्यानाकर्षण गराएको छ । आज जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र वुझाँउदै समितिले देश संकटपुर्ण अवस्थावाट गुज्रिरहेको यो समयमा समस्या समाधानका लागी सरकारको तर्फवाट कुनै त्यस्तो पहल नभएको पनि जनाएको छ ।
अनेमसंघ क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष सम्झना घर्ति नेतृत्वको टोलीले दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालमार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेको हो । देशको समसामयिक अवस्था, राष्ट्रियता र महिलाका सवाल समेटिएको ज्ञापनपत्रमा भुपरिवेष्ठित देशले पाउनुुपर्ने व्यापार तथा पारवहन अधिकारका लागी अन्तराष्ट्रिय वातावरण निर्माण, अन्य देशहरुसंगको व्यापार नीति अवलम्वन, भारतीय तथा विदेशीहरुमा श्रम अनुमतिपत्र लागु गरिनुपर्ने उल्लेख छ ।
यसैगरी नेपाल भारत विच आवतजावत गर्दा परिचयपत्रको व्यवस्था, सिमा सुरक्षा वल गठन, अघोषित नाकावन्दी विरुद्धको संघर्षलाई अन्तराष्ट्रियकरण गरिनुपर्ने, स्वदेशमै ईन्धनको वैकल्पीक व्यवस्था गरिनुपर्ने र नाकावन्दीवाट उत्पन्न असहज परिस्थिती तथा कालोवजारीलाई अन्त्य गर्न सरकारले तदारुकता देखाउनुपर्ने माग गरिएको छ ।
यसैगरी राज्यको सम्पुर्ण निकायमा महिलालाई विशेष अधिकारसहित समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्न, पैत्रिक सम्पत्तिमा समान हक अधिकारको कानुन निर्माण गरी व्यहारीक वनाउने लगाएत विभिन्न माग राखिएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीका दाङ जिल्ला अध्यक्ष जानकी चौधरीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा देशमा महिला हिंसा वढिरहेको उल्लेख गर्दै दोषिलाई कडा कारवाहीका लागी सरकासंग माग गरिएको छ ।।