ताजा अपडेट

...


जेव्राक्रस बनाईदिन बिद्यार्थीको माग



प्रशान्त ओली 
दाङ, २० मंसिर । दाङको लक्ष्मीपुर  गाविस ४ गोग्ली चोकमा जेब्राक्रस बनाईदिन बिद्यार्थीहरुले आग्रह गरेका छन् । गोग्ली चोकमा बढी भिडभाड हुने र सडक पार गर्दा जोखिमको अबस्था रहेको भन्दै त्यस क्षेत्रका विद्यार्थीहरुले ट्राफिक नियमको पालनाका लागि जेव्राक्रस बनाईदिन ट्राफिक प्रहरी सँग आग्रह गरेका हुन् ।

सगरमाथा बोर्डीङ गोग्लीमा भएको ट्राफिक सचेतना कार्यक्रममा बिद्यार्थीहरुले यस्तो आग्रह गरेका हुन् । कार्यक्रममा सहभागी बिद्यार्थीहरुले ट्राफिक नियमको पालना सदैव गर्ने भन्दै समाजमा ट्राफिकका सन्दर्भमा सचेतना प्रबाह गर्ने बताएका छन् ।

कक्षा ८ मा अध्ययनरत बिद्यार्थी सिमाना शर्माको अध्यक्षता एवं दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुणकुमार सिंहको प्रमुख आतिथ्यता र बिद्यालयका प्रधानाध्यापक टिकाराम चौधरीको बिशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुले सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक नियमको पालना कार्यान्वयन गर्न आबश्यक रहेकोमा जोड दिएका छन् ।

दिनप्रति दिन सवारी दुर्घटना हुने गरेको भन्दै यसलाई रोक्न स्वयम व्यक्ती सचेत र ट्राफिक नियम पालनामा अग्रसर हुनुपर्ने धारणा राखेका छन् । कार्यक्रममा दाङका ट्राफिक प्रहरी प्रमुख सिंहले दुर्घटना न्यूनिकरणका लागि आफुहरुले अभियानकै रुपमा विद्यालय सम्पर्क कार्यक्रम तय गरेको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ दाङका कार्यसमिती सदस्य प्रशान्त वलीले बिषय प्रबेश गराउनुभएको कार्यक्रमको सहजिकरण बिद्यालयका शिक्षक गिरबहादुर महराले गर्नुभएको थियो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.