इन्द्रेणी सम्बाददाता
दाङ, मंसिर १९ र दाङमा मातृशिशु मृत्युदर घट्दै गएको छ । दुई बर्षको तुलनामा आमा र बच्चामा मृत्यु दरमा घट्दै गएको जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । आर्थीक बर्ष २०७०्७१ मा ६१ जना शिशु र ५ जना आमाको मृत्युभएको थियो ।
त्यसको पछिल्लो आर्थीक बर्षमा २०७१र७२ मा ४२ जना नव शिशु र ३ जना आमाको मृत्यु भएको जनस्वास्थ्य प्रमुख डा। भुवन पौडेलले जानकारी दिनुभएको छ । ४२ शिशुहरु मध्य ३७ जनाको घरमै र ५ जनाको स्वास्थ्य संस्थामा मृत्युभएको थियो ।
अज्ञानता र लापरबाहिका कारण मातृशिशु मृत्युदर घटनामा चुनौती भए पनि घट्ने क्रममा रहेको उहाँको भनाई छ । जिल्लामा अहिले अस्पतालमै पुगेर सुत्केरी हुनेहरुको प्रतिशत ७० रहेको कार्यालयले जनाएको छ । दाङमा ९ सय २६ जना महिला स्वास्थ्य स्वयमसेविकाहरु गाउँ तहमा खटेर निशुल्क सेवा गरिहेका छन् ।
उनिहरुले मातृशिशु मृत्युदर घटाउनका लागि सचेतना जगाउने, परिवार नियोजनका बारेमा जानकारी दिने, अस्थायी साधनहरु बितरण गर्ने, बन्ध्याकरणका बारेमा जानकारी दिने, सामान्य रोगहरुका औषधीहरु बितरण गर्ने काम गरिरहेको जनस्वास्थ्य प्रमुख डा। पौडेलले बताउनुभयो ।