ताजा अपडेट

...


स्वास्थ्य स्वयंमसेविका दिवस मनाईयो



रेखा मगर
दाङ, १९ मंसिर । १२ औं स्वास्थ्य स्वमसेविका दिवस दाङमा पनि मनाईएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङको अयोजनामा आज घोराहीमा छलफल तथा पुरस्कार वितरण कार्यक्रम गरी यो दिस मनाईएको हो । घोराही नगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले स्वस्थ समाजका लागी स्वास्थ्य स्वयमसेविकारुको भुमिका महत्वपुर्ण रहने वताएका छन ।

उनीहरुले समाजमा स्वास्थ्य सेचतना जगाउदै र आफ्नो सेवालाई अझ चुस्तदुरुस्त वनाउदै जान आग्रह गरेका छन । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तिहरुले स्वाथ्यका सुचकलाई प्रभावकारी वनाउन भुमिका खेल्ने उनीहरुको उचित मुल्याँकन र अवसरको खोजी गर्न आवश्यक रहेकोमा जोड दिएका छन ।

कार्यक्रममा वोल्दै महिला बिकास अधिकृत विना श्रेष्ठले समाजमा स्वास्थ्य संगसंगै महिला हिंसा र वालविवाह रोक्नतर्फ पनि स्वयमसेविकाहरुको ध्यान जानुपर्ने वताउनुभयो । उहाँले समाजमा महिला हिंसा, विवाह दर्ता, जन्म र मृत्यु दर्ता, अंशवण्डाजस्ता विभिन्न समस्या रहेकाले त्यसतर्फ पनि उनीहरुलाई सहजीकरण गर्न आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविकाहरुले आफुहरुको अतुलनीय भुमिकालाई विस्तारै सरकारले उच्च मुल्याँकन गर्दै जान आग्रह गरेका छन ।

सो अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख भुवन पौडेल, सहयाक जिल्ला शिक्षा अधिकारी रामलाल खड्का, सवयमसेविकाहरु टिका केसी, अर्चना चौधरी लगाएतले वोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण महिला स्वास्थ्य स्वयमसेविका घोराही नगरपालिकाका अध्यक्ष धना न्यौपानेले गर्नुभएको थियो ।

यसैविच, सोहि अवसरमा उत्कृष्ट कार्य गरेको भन्दै ४ जना महिला स्वयमसेविकाहरुलाई पुरस्कृत समेत गरिएको छ । पुरस्कृत हुनेहरुमा कमला जिसी, कमला चौधरी, महन्द्रा रावत र टिका केसी रहनुभएको छ । उहाँहरुलाई ३ हजार रुपैया र प्रमाणपत्र प्रदान गरिएको थियो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.