ताजा अपडेट

...


नाकावन्दीले सुन्तला उत्पादकलाई समस्या



 रेखा मगर
सल्यान, १६ मंसिर ।  नाकावन्दीले चौतर्फी असर परिरहेका वेला सुन्तला उत्पादक किसानहरु पनि मारमा पर्न थालेका छन । आफ्नो जीविकोपार्जनका लागी सुन्तला खेति गर्दै आएका सल्यानका सुन्तला कृषकहरु फलेका सुन्तला विक्रि गर्नवाट वन्चित भएका छन । सल्यान कोटमौला ६ डाँगीगाँउका भरतनाथ योगीले वगैचामा पहेलै पाकेका सुन्तला विक्रि नहुँदा समस्यामा परको वताउनुभयो ।

भारतीय नाकावन्दीका कारण तेल अभावमा खरिदकर्ताहरु गाँउसम्म पुग्न नसक्दा आफुहरुको सुन्तला कुहिएर जाने अवस्थामा रहेको किसानहरुको भनाई छ । सुन्तला विक्रि गरेर आम्दानीको स्रोत वनाउदै आएका डाँगीगाँउ र कोटगाँउका ३ सय ५० जनाको परिवार सुन्तला विक्रि हुने अवस्था नरहेपनि चिन्तित भएका छन ।

सल्यानका कोटमौला, पिपलनेटा, कोटवारा, कजेरी, सेजवालटाकुरा र दमाचौरमा वढि मात्रामा सुन्तला उत्पाद हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा ८ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला फल्दै आएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.