इन्द्रेणी सम्बाददाता
बाँके, १६ मंसिर । बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकामा आन्दोलनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन् ।प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको छ । झडपमा एक प्रहरी र दर्जन बढी आन्दोलनकारी घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु गिरीले भारतीय भूमिबाट ढुंगा प्रहार भएपछि स्थिति असहज बनेको जानकारी दिनुभएको छ । ढुंगा लागेर एक प्रहरी जवान घाइते भएका छन् ।
थरुहट मधेस संयुक्त संघर्ष समिति बाँकेका प्रवक्ता पशुपति दयाल मिश्रले भने आफूहरुको शान्तिपूर्ण धर्नामा प्रहरीले ढुंगा हानेको आरोप लगाउनुभएको छ । अस्ती देखी जमुनाह नाकामा झडप र तनाब हुदै आएको छ । जस्का कारण नाकाबाट नेपालमा गाडिहरु प्रबेश गर्न सकेका छैनन् ।।
बाँके, १६ मंसिर । बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकामा आन्दोलनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन् ।प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको छ । झडपमा एक प्रहरी र दर्जन बढी आन्दोलनकारी घाइते भएका छन् ।इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु गिरीले भारतीय भूमिबाट ढुंगा प्रहार भएपछि स्थिति असहज बनेको जानकारी दिनुभएको छ । ढुंगा लागेर एक प्रहरी जवान घाइते भएका छन् ।