ताजा अपडेट

...


दुर्घटना शून्यमा झार्ने ट्राफिक प्रमुखको प्रतिबद्धता



इन्द्रेणी सम्बाददाता 
 
दाङ, १६ मंसिर । बर्दियाबाट सरुवा भएर केही दिन पहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा आउनुभएका ट्राफिक प्रमुख प्रहरी निरीक्षक अरुणकुमार सिंहले दुर्घटना रहित जिल्ला बनाउने गरि काम गर्ने बताउनुभएको छ । जिल्लाका बिभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरु सँग आज परिचयात्मक कार्यक्रम गर्दै सिंहले ट्राफिक नियमको पालना गराउन र दुर्घटनालाई शुन्यमा झार्न मरिमेटी गरेर काम गर्ने बताउनुभएको हो ।


जिल्लाका सबै सरोकारवालाहरु सँग छलफल र समन्वय गर्दै दुर्घटना न्यूनिकरण र ट्राफिक नियम पालना गराउन आफु प्रतिबद्ध रहेको सिंहले बताउनुभयो । साथै नियम बिपरित सञ्चालन हुने र कार्य गर्ने जो कोहीलाई नियम अनुसार कार्वाही गर्ने समेत प्रतिबद्धता जनाउनुभएको छ । कुनै पनि पक्षले गल्ती गरेमा त्यसलाई उन्मुक्ती दिने नाममा दवाव नदिन समेत सरोकारवालाहरुलाई उहाँले आग्रह गर्नुभयो ।

आफ्नो कार्य योजना सुनाउदै प्रहरी निरीक्षक सिंहले सवारीका साधनमा आरक्षण सिटको पूर्ण पालना गराउने, यात्राका क्रममा ठगिने अबस्था आउन नदिने र यस अघिका प्रहरी निरीक्षक
बिरबहादुर थापाले गरेका कामलाई निरन्तरता दिने बताउनुभयो । यस अघि कार्यरत विरबहादुर थापाले दुर्घटना न्यूनिकरण गर्नका लागि अहम भुमिका खेलेको र सफल पनि भएको भन्दै बिभिन्न पक्षले भव्य बिदाई र प्रशंसा भएको थियो ।

आफुलाई जसरी पनि राम्रो काम गर्दै दुर्घटना न्यूनिकरण गर्ने जिम्मेवारी रहेको भन्दै सिंहले त्यसमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । परिचयात्मक कार्यक्रममा बिभिन्न यातायात व्यवसायी समिति, बिद्यालय, संघसंस्था, पत्रकारहरुको सहभागिता रहेको थियो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.