इन्द्रेणी सम्बाददाता
भारत, १६ मंसिर । भारतले फेरि पनि आपूर्तिमा कुनै अवरोध नगरेको दावी गरेको छ । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापासँगको भेटमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले भारतको तर्फबाट आपूर्तिमा कुनै अवरोध नगरेको दावी गर्दै नेपालले नै स्थिति सामान्य बनाउनु पर्ने बताउनुभएको हो ।
निजी भ्रमणका लागि २ दिनअघि भारत पुगेका उपप्रधानमन्त्री थापा नाकाबन्दीका कारण नेपालमा उत्पन्न अवस्थाबारे जानकारी गराउँदै नाकाबन्दी खोल्नका लागि आग्रह गर्न स्वराजलाई भेट्न पुग्नु भएको थियो ।
भारतीय विदेश मन्त्री स्वराजले तराई मधेसमा भइरहेको अन्दोलन नेपालको राजनीतिक समस्या भएकाले त्यसलाई राजनीतिक रुपमा नै समाधान गर्न आग्रह गरेको विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीटर मार्फत जानकारीदिनुभएको छ ।।