निर्दोष युवकको शरिरमा आगो लगाइदिए
इन्द्रेणी सम्बाददाता
नवलपरासी, १६ मंसिर । मधेसी मोर्चाका कार्यकर्ताहरुले नवलपरासीमा एक युवकको शरिरमा आगो लगाइदिएका छन् । कालोबजारीका लागि इन्धन ल्याएको भन्दै मोर्चाका कार्यकर्ताले रुपन्देही फर्साटिकरका १८ वर्षीय सन्दिप यादवलाई आगो लगाईदिएका हुन् ।
यादवको कम्मर मुनिको भाग जलेको छ । उहाँको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।नेपाल भारत सीमाक्षेत्रबाट डिजल ल्याउँदै गरेको अवस्थामा नवलपरासीको सनहीमा यादवले ल्याएको डिजलसहित उहाँलाई जलाइएको र यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
लु ३ प २०१७ नम्बरको मोटरसाइकल चढेर आउँदै गरेका यादवलाई जिउँदै जलाउने प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्रेको छ । घटनाको अनुसन्धान गर्न भन्दै प्रहरीले सनही ९ का राजेशचन्द्र सैथवार, शिवकुमार यादव र सनही ८ का सेरु मियालाई पक्रेको हो ।।

![]() |
| फाइल तस्वीर |