ताजा अपडेट

...


रामपुर बिषादी मुक्त गाबिस बन्दै




ईन्द्रेणी सम्वाददाता

दाङ, ९ पुस
जैविक बिविधता कृषि सहकारी संस्था रामपुर दाङले गाबिसलाई रासायनिक बिषादी मुक्त गाबिस बनाउने अभियान थालेको छ । खेतीपातीबाट छिटो र धेरै लाभ लिन तर्फ किसानहरु आकर्षित भैरहदा उक्त संस्थाले भने जैविक मलको प्रयोग गर्दै रासायनिक बिषादी प्रयोगलाई निरुत्साहीत गर्ने अभियान चलाएको हो ।

रासायनिक मल, बिषादी र हाइव्रिड जातका अन्नबालीलाई त्याग्दै जैविक मल र स्थानिय उन्नत जातका अन्नबालीको संरक्षणमा संस्था लागेको संस्थाका अध्यक्ष राममणि पाण्डेले जानकारी दिनुभयो । रामपुरमा व्यवसायीक तरकारी खेतीको पकेट क्षेत्र मानिन्छ ।

कृषिमा आत्मनिर्भरताको खोजी गर्दै कृषिबाटै संबृद्ध गाउँ बनाउने लक्ष्य सहित स्थानिय जातका अन्नबालीको बिउ बैंक समेत स्थापना गरिको अध्यक्ष पाण्डेको भनाई छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.