ताजा अपडेट

...


उपभोक्ताहरुले वनाए खानेपानी ट्ंकी




 ईन्द्रेणी सम्वाददाता
दाङ, ९ पुस
दाङ लक्ष्मीपुर गाबिस ५ जस्पुर र छेकबारमा उपभोक्ताहरुले खानेपानीको ट्ंकी निर्माण गरेका छन । खानेपानीको समस्या भोग्दै आएका ३३ घरधुरी उपभोक्ताहरुले प्रत्येक घरबाट एक हजार एक सय रुपैयाँ उठाएर पानी टंकी बनाएका हुन् ।

 करिब ५ किलो मिटर टाँढाबाट पाईपमा आउने गरेको पानी टंकी नहुदा खेर जाने गरेको थियो । गाउँको नजिकमा भएका पानीका मुहानहरु पनि सुक्दै गएपछि त्यस भेगका उपभोक्ताहरुलाई पानीको समस्या रहेको छ ।

 मूलबाट पाईपमा आउने पानी कुनै कारण आउन नसके निकै टाढाका पधेँरामा जानुपर्ने बाध्यता रहेको स्थानीय रेशमबहादुर घर्तीले जानकारी दिनुभएको छ । ट्ंकी निर्माण भए सँगै घण्टौ लाईनमा बस्नु पर्ने उपभोक्ताहरुको बाध्यता हटेको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.