ताजा अपडेट

...


आज २४ औँ अन्तराष्ट्रिय अपाङगता दिवस



दाङ १७ मङ्सिर । अपाङगता भएका व्यक्तिहरुको २४ औँ अन्तराष्ट्रिय दिवस आज घोराहीमा मनाईएको छ । अधिकार प्राप्तीका लागि -याली, विभिन्न व्यक्तिलाई सम्मान, पुरस्कृत र छलफल कार्यक्रम गरि मनाइएको छ । "अर्थपूर्ण समावेसीकरण - सबै क्षमताका व्यक्तिहरुका लागि पुहँच र शसक्तिकरण " भन्ने नाराका साथ दिबस मनाइएको छ ।


जिल्ला विकास समिति, महिला तथा बालबालीका कार्यालय, अपाङग मानव अधिकार एवं सरोकार मञ्च सहित अपाङगता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्ने १० वटा संस्थाहरुको आयोजनामा भएको दिवसका अबसरमा घोराही बजारमा ¥याली गर्दै नगरपालीकामा कार्यक्रम भएको हो ।

अपाङग मानव अधिकार एवं सरोकार मञ्च दाङका अध्यक्ष कृष्णबहादुर चौधरीको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालको प्रमुख आतिथ्यता र महिला बिकास अधिकृत विना श्रेष्ठको बिशिष्ठ आतिथ्यतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले हरेक क्षेत्रलाई अपाङगता मैत्री बनाउन आबश्यक रहेकोमा जोड दिएका छन् ।

सम्बन्धित केहि तस्वीर









शब्द / तस्वीर- रेखा मगर  ( इन्द्रेणी अनलाइन )  

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.