रेखा मगर
दाङ १६ मंसिर । दाङमा आज ४० हजार लिटर डिजेल भित्रिएको छ । घोराही र तुलसीपुर क्षेत्रका लागि आज ४० हजार लिटर डिजेल आएको नेपाल आयल निगम ईन्धन डिपो कार्यालय तुलसीपुरले जानकारी दिएको छ । तर पेट्रोल आउने बारेमा अहिले सम्म निश्चित नभएको डिपो प्रमुख विपिन श्रेष्ठले जानकारी दिनुभएको छ ।
आज आएको ४० हजार लिटर डिजेल घोराही र तुलसीपुरका गरी १० वटा पेट्राल पम्पबाट वितरण गरीने छ । सबै पेट्रोल पम्पहरुलाई चार चार हजारका दरले डिजेल वितरण गरीसकेको र आजै पम्पहरुले वितरण गर्ने डिपो प्रमुख श्रेष्ठले बताउनुभयो ।
घोराहीको अरुणोदय, कमकामना, निखिल, चन्द्रसुर्य, फेमस, र पुर्कोटे पेट्रोल पम्पबाट जिडेल वितरण गर्ने ब्यबस्था मिलाईएको छ भने नारायणपुरको तिर्थ पेट्रोल पम्प र तुलसीपुरको सन्जात, हाम्रो पँहुच र सुर्य पेट्रोल पम्पबाट वितरण गरीने ईन्धन डिपो कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
ईन्धन आउने थाहा पाएपछि सवारीका साधनहरु केहिदिन पहिले देखि नै पेट्रोल पम्पहरुमा लाईन लागेका छन ।