ताजा अपडेट

...


संकल्प परियोजना सुर्खेतको टोलीलाई स्वागत



इन्द्रेणी सम्बाददाता 

दाङ १७  मंसिर । सिसा नेपाल दाङले केयर नेपालको साझेदारीमा सञ्चालीत संकल्प परियोजना कार्यक्रम सञ्चालन गरिरहेको सुर्खेतको एक टोलीलाई घोराहीमा स्वागत गरेको छ । लैङगिक उत्तरदायी बजेट  कार्यान्वयनको अबस्थाका बारेमा परियोजनाका अधिकृत रमेश चन्दको नेतृत्मा अध्ययन गर्न आएको टोलिलाई अबिर र दोस्सला ओढाएर जिल्ला बिकास समितीको कार्यकक्षमा स्वागत गरेको हो ।

                दाङका स्थानिय विकास अधिकारी रमेश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले स्थानीय स्तरमा छनौट हुने योजनाहरुमा लक्षीत वर्गको सहभागीता अनिवार्य गराईनुपर्ने धारणा राखेका छन् । महिला २१ र पुरुष १० जनाको टोलीले दाङको शान्तिनगर र मानपुर गाविसको लैङगिक उत्तरदायी बजेट  कार्यान्वयनको अबस्थाका बारेमा अध्ययन गरेको थियो । अध्ययन टोलीले गाबिस स्तरमा लैङगीक उत्तरदायी बजेट कार्यान्वयन र उपभोक्ताको सहभागीतामा जानकारी लिएको थियो ।
           
                टोलीमा सुर्खेत जिल्लाका १२ वटा गाबिसमा कार्यक्रम सञ्चालन भएका राजनीतिक दल, वडा नागरिक मञ्चका प्रतिनीधी, सामाजिक परिचालकहरुको सहभागीता रहेको थियो । स्वागत कार्यक्रमको सहजिकरण सिसा नेपाल दाङका अध्यक्ष साजिद्धा सिद्धीकीले गर्नुभएको थियो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.