इन्द्रेणी सम्बाददाता
घोराही, १६ मंसिर । वादी महिलाहरुका लागि दुईदिने वालअधिकार तथा महिला अधिकार सम्बन्धी चेतना अभिबृद्धि तालिम घोराहीमा शुरु भएको छ । दुर्गा टोल विकास संस्थाको आयोजना तथा घोराही नगरपालिकाको सहयोगमा सञ्चालन भएको उक्त तालिमको बुधवार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । तालिमको उद्घाटन स्थानीय विकास अधिकारी रशेम गौतमले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथि गौतमले जिल्ला विकास समितिबाट पनि ३५ देखि ४० प्रतिशत बजेट महिला तथा वालवालिकाको क्षेत्रमा विनियोजन हुने तर त्यसको सन्तोषजनक किसमिले कार्यान्वयन हुन नसकेको बताउनुभयो । यसमा विभिन्न चुनौतीहरु रहेको उल्लेख गर्दै उहाँले सम्बन्धीत क्षेत्रका लागि विनियोजन गरिएको बजेट लक्षित वर्गसम्म खर्च गर्न सबैले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
विशिष्ट अतिथि जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायतले वर्तमान अवस्थामा पिछडिएको वर्ग, समुदायले शिक्षा र रोजगारको माग गर्न आवश्यक रहेको बताउनुभयो । तालिम सञ्चालन समितिका संयोजक रञ्जिता नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, एमालेका जिल्ला सदस्य मानबहादुर विश्वकर्मा, एमाओवादीका सहसचिव पुनम सेरपाइली, घोराही नगरपालिकाका सूचना अधिकारी प्रेम केसी, नेपाल पत्रकार महासंघ दाङका सहसचिव डिल्ली मल्ललगायतले बोल्नुभएको थियो । वोल्ने वक्ताहरुले तालिमले लंैङ्गिक हिंसा, महिला हिंसा, जातिय विवेध न्यूनीकरण गर्न सहयोग पु¥याउनुपर्नेमा जोड दिएका थिए । तालिम सहसंयोजक द्र्धोपता नेपालीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सञ्चालन पत्रकार जनक नेपालीले गर्नुभएको थियो । तामिलमा ३० जनाको सहभागीता छ ।