ताजा अपडेट

...


विद्यालय क्षेत्र सुधारका लागि ५२ करोड वढि वजेट



रेखा मगर 
दाङ १८ मंसिर । दाङमा विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि ४२ करोड १० लाख रुपैया बजेट विनियोजन गरिएको छ । कार्यक्रम अन्र्तगत विद्यालयको भौतिक सुधार, मर्मत, फर्निचर खरिद देखि बालविकास, छात्र बृत्ति, शिक्षकको क्षमता अभिबृद्धिका लागि तालिम, अनुगमन तथा मुल्याङकन लगाएतका कार्यक्रम रहेका छन ।
कार्यक्रम अन्र्तगत प्रारम्भीक बालविकास तथा शिक्षाको लागि २ करोड ६० लाख ३१ हजार, बैकल्पिक तथा समाहित शिक्षाका लागि एक करोड ८ लाख ७४ हजार, भौतिक सुविधा विस्तार कार्यक्रमको लागि १३ करोड ८२ लाख, शैक्षिक गुणस्तर अभिबृद्धिका लागि ११ करोड ८० लाख ९१ हजार विनियोजन गरीएको छ ।

यस्तै शिक्षकको क्षमता अभिबृद्धिका लागि १० लाख ७७ हजार, प्रभाबकारी सेवा प्रबाहका लागि क्षमता अभिबृद्धि गर्न ३८ लाख ३१ हजार, विद्यालय ब्यबस्थापन तथा अनुगमनका लागि ८८ लाख ५७ हजार, प्रोत्साहन तथा सहयोग कार्यक्रम अन्र्तगत ५ करोड २५ लाख १६ हजार लगाएत विभिन्न शिर्षकमा ४२ करोड १० लाख रुपैया छुट्याईएको छ ।

कार्यक्रमको बारेमा जानकारी दिदै सहायक जिल्ला शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीले जिल्ला जिल्ला शिक्षा भवन मर्मत, फर्निचर, ल्यापटप खरिद, सवारी साधन मर्मतका लागि पनि बजेट बिनियोजन गरीएको बताउनुभयो । साथै अनौपचारिक शिक्षा तथा निरन्तर शिक्षाका लागि पनि ९३ लाख ५३ हजार बढि बजेट छुट्याईएको छ ।

यसबाहेक शिक्षा कार्यालयले चालु आर्थिक वर्ष २०७२÷७३ मा अन्य बजेट कार्यक्रमका लागि ७५ करोड ९ लाख ८५ हजार ४ सय ८१ रुपैया बजेट रहेको सहायक शिक्षा अधिकारी रेग्मीले बताउनुभयो । गत आर्थिक वर्षको तुलनामा यो बजेट दुई करोडले बढि रहेको उहाकोले बताउनुभयो ।

निमित्त जिल्ला शिक्षा अधिकारी रामलाल खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहायक शिक्षा अधिकारी दण्डपाणी घिमिरेले गर्नुभएको थियो । शिक्षा कार्यालयले एक कार्यक्रमको आयोजना गरी चालु आर्थिक वर्ष २०७२/ ७३ मा सम्पन्न गरीने विद्यालय क्षेत्र सुधार तथा निरन्तर शिक्षा कार्यक्रमको बारेमा जानकारी गराईएको हो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.