ताजा अपडेट

...


ग्यास आपुर्ति हुन नसक्दा होटलहरु बन्द हुने अवस्थामा



इन्द्रेणी सम्बाददाता 
दाङ १९ मंसिर । लामो समयदेखीको ग्यास आपुर्ति सहज नहुँदा दाङका होटलहरु बन्द हुने अवस्थामा पुगेका छन् । नाकाबन्दीका कारण ग्यास अभाव हुँदा होटलहरुमा खाना, नास्ता तथा चिया समेत पाउन छोडेको छ । महिनौदेखी बजारमा ग्यासको चरम अभाव रहेको छ ।

दाङमा करिव ३५ प्रतिशत होटलहरु बन्द भएको र अन्य होटलहरु पनि बन्दहुने अवस्थामा पुगको होटल व्यवसायी समितिका अध्यक्ष टेकराम खडकाले बताउनुभयो । यस्तै अवस्था रहीरहे एक हप्तामा सवै होटेल तथा नास्ता पसलहरु बन्द हुने अवस्थामा पुग्ने होटल सञ्चालकहरुले बताएका छन ।

होटेलहरुले ग्यासको विकल्पमा दाउरा कोइला तथा इलेक्ट्रीक चुलो प्रयोग गरेपनि दाउरा कोइलाको पनि अभाव हुन थालेको छ । पछिल्लो समयमा सवैले दाउरा प्रयाग गरि व्यवसाय सञ्चालन गरे पनि दाउराको मुल्यपनि अत्याधिक भएको र दाउरा पनि अभाव हुन थालको बताएको छ ।

ग्यास अभाव र दाउरा नहुदा चियाका लागीमात्र भएपनि इलेक्ट्रिक चुलो जडान गरी व्यवसाय सञ्चालन गनुपर्ने अवस्था भएको ब्यबसायीहरुको भनाई छ । ग्यास अभावका कारण आफुहरुलाई दाउरा र इलेक्ट्रिक चुलोमा चिया नास्ता बनाउदा धेरै घाटा लाग्ने ब्यबसायीको गुनासो छ

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.