ताजा अपडेट

...


कुकुरले खादै गरेको अबस्थामा शिशुको शब भेटियो



इन्द्रेणी सम्बाददाता
दाङ, १८ मंसिर ।  घोराहीको एक होटेलमा शुक्रबार बिहान शिशुको शब कुकुरले खादै गरेको अबस्थामा फेला परेको छ । घोराही नगरपालिका ११ गुलरीयामा रहेको जेब्राक्रस रेष्टुरेन्टको कम्पाउण्ड भित्र कुकुरले खाँदै गरेको शिशुको शब फेला परेको हो ।

कुकुरले होटेल कम्पाउन्डमा सानो बच्चा खाईरहेको देखेपछि आफुले प्रहरीलाई खबर गरेको प्रोप्राइटर कल्पना भूसालले जानकारी दिएका छन । पेटमै रहदा हुने करिब ८/९ महिनाको जस्तो देखिने मृत शिशुलाई कुकुरले रेष्टुरेन्टको कम्पाउण्ड भित्र लगेर खाईरहेको भेटिएको हो ।
 श्रेष्ठले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेर त्यसबारेमा बुझे पनि शिशु कस्ले कहाँ फालेको हो भन्ने बारेमा खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी धनबहादुर कठायतले जानकारी दिए ।
 एउटा खुटा नभएको अबस्थामा भेटिएको शिशु बालक रहेको प्रहरीले जनाएको छ । उक्त शबलाई कानुनी प्रकृया पुरा गर्न राप्ती उपक्षेत्रिय अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।
कशैले बच्चा जन्मनुपूर्व नै औषधी खाएर फालिएको हुनसक्ने अनुमान गरिएको छ । कस्ले कहाँ किन फाल्यो भन्ने बारेमा बिस्तृत जानकारी प्राप्त नभए पनि अध्यन भइरहेको प्रहरीले जनाएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.