ताजा अपडेट

...


अझै छुवाछुत कायमै



इन्द्रेणी सम्बाददाता 

दाङ, १९ मंसिर इन्द्रेणी सम्बाददाता  लक्ष्मीपुर ९ लक्ष्मीपुरका टंक विश्वकर्माको तोरी बारीभरी सेतै मौरीका घार छन् । निकै मेहनत गरेर मौरीपालन गरेका टंक दलित भएकै कारण आफ्नो मह बिक्रि नभएपछि चिन्तित देखिन्छन् ।

दलित आन्दोलनका अगुवा समेत रहेका विक अझैसम्म छुवाछुत कायम भएकै कारण देशमा ठूलाठूला आन्दोलन र परिवर्तन भए पनि दलितको आर्थिक र सामाजिक विकासमा परिवर्तन आउन नसकेको निष्कर्षमा पुगेका छन । उनले भने, ‘यति धेरै आन्दोलन भए, अधिकारका कुरा भए, समाजमा केहि न केहि चेतना आयो होला भनेको त समाज त पुरानै ठाउँमा रहेछ ।’

उनी मात्र हैन सोहि गाउँमा दामे कामी पनि मौरीपालनमा कम्मर कसेर लागेका छन । लक्ष्मीपुर मौरी पालनको राम्रो क्षेत्र पनि मानिन्छ तर छेवैका अन्य जातको घरमा भएका मह धमाधम बिक्रि हुने र  आफूहरुको मह घरमै थन्किदा निराश हुन थालेका छन । ‘गाउँमा बालीघरे प्रथाकै आधारमा पनि घर चलेन र विदेश गएँ विदेशवाट लिएको केहि रकमले देशमै रोजगार गराँै भनेर मौरी पालनमा लागेको मह नै बिक्दैन कामीले दुखेसो पोख्दै भने, ‘महको बजार छैन भनै भने क्षेत्री, बाहुनको घरको मह सबै बिकिसक्यो, हाम्रो भने घरमै थन्केको छ ।’

अम्बिकेश्वरी सहकारी संस्थाको ३० हजार र ब्यक्तिगत एक लाख गरी झण्डै एक लाख तीस हजारको लागतमा मौरीपालन ब्याबसाय गर्दै अएका दलित अगुवा टंक बिश्वकर्मा दलित भएकै कारण तीन क्वीटल मह घरमै थन्काउनुपर्ने अबस्था रहेको बताउँछन् ।

उनीहरु मात्र हैन सो गाउँका धेरै दलितहरु मौरीपालन ब्यबसायलाई आम्दानीको श्रोतका रुपमा अगाडि बढाउन खोजेपनि दलित भएकै कारण आफुले उत्पादन गरेको मह बिक्री हुन नसेको दुखेसो गर्छन । उत्पादित मह छोईने भन्दै गाँउका ठूला जातका मान्छेले किन्न नमानेपछि मह बिक्रि गर्न नसकिएको उनीहरुको भोगाई छ ।
 ‘पानी चल्ने जातका घरबाट सबैले मह किनेर लैजान्छन् तर हाम्रो घरमा आएका ग्राहक पनि दलित भनेर चिन्ने बित्तिकै पछि आउँला है भन्दै निस्कन्छन् बिकले भने, ‘हामीलाई दलित भनेर चिनेकाहरु त घरमा झनै आउँदै आउँदैनन्, गरेको कामबाट सफलता पाउँन नसक्दा गाउँलेमा निरासा बढिरहेको छ ।’

दलितका नाममा ठूला–ठूला भाषण गर्नेहरुकै नियतमा खोट रहेको बताउँदै दलित अगुवा एवं सञ्चारकर्मी जनक नेपाली लितहरु फेरी एक छाक जुटाउँनका लागि ज्याला, मजदुरी, बेड, बेकारीको रुपमा कामगर्नुपर्ने अबस्थामा पु¥याँउन खोजेको आशंका गर्छन । ‘राजनीतिक आन्दोलनमा मात्र दलितलाई प्रयोग गरियो सामाजिक, आर्थिक, साँस्कृतिक परिवर्तन र चेतनाको विकास भएन उनले भने, ‘यसैको कारणले दलितहरु अहिले पनि घोषित तथा अघोषित रुपमा उत्पिडनको सिकार भइरहेका छन ।’ उनले आफ्ना उत्पादन ब्यक्तिगत रुपमा बेच्न नसके सामूहिक संस्था बनाएर वा ठूला उद्योगहरुमा लगेर बिक्रि गर्नु पर्ने सल्लाह समेत दिन्छन ।

देशमा भएका धेरैजसो राजनीतिक आन्दोलनमा सहभागी भएका सदरमुकाम नजिकैका यी दलित परिवतर्नपछि उपल्लो जातकै नेताहरुको ब्यवास्ताको कारण विभेद कायमै रहेको भन्दै नेताहरु प्रति दुखेसो पोख्छन । आन्दोलनमा भ¥याङ बनाउने तर नेपालीमा जातीय बिभेदबारे चेतना जगाउन नसक्दा देशभरीका दलितले नै यस्तो समस्या भोग्नु परिरहेको उनहरुको निष्कर्ष छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.