ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
काठ तस्करीमा मुछिए सेक्टर प्रमुख
तुलसिपुर वन सेक्टर कार्यालयका प्रमुख काठ तस्करीमा मुछिएका छन । तुलसीपुर सेक्टर बन कार्यालयका प्रमुख जिवन पंगेनीको संलग्नतामा तुलसीपुरकै ज्वाला समिलमा दुइ गाडि चिरानका काठ झारिएको कुरा वाहिर आएको छ । यहि मंसिर ७ गते पंगेनीले पवननगर र पञ्चकुलेको ईलाका वन सेक्टरकै मिलेमतोमा काठ तस्करी गरेको कुरा वाहिर आएको हो । यता, जिल्ला वन कार्यालयले भने सेक्टर प्रमुख नै काठ तस्करीमा संलग्न रहेको आशंका गरिएपनि अहिलेसम्म कुनै त्यस्तो सवुत प्रमाण भने नभेटिएको जनाएको छ । जिल्ला वन अधिकृत नवराज काफ्लेले तुलसीपुर सेक्टरका अधिकांश कर्मचारीहरुलाई सरुवा गरिएको जानकारी दिनुभयो । तर कर्मचारी सरुवालाई काठ तस्करीको प्रसंगमा मात्रै केन्द्रित नगर्न उहाँले आग्रह गर्नुभयो । कर्मचारी सरुवा आन्तरिक मामिला भएकाले काठ तस्करी र त्यसको अनुसन्धानसंग जोड्न नहुने समेत वताउनुभयो । काठ तस्करीवारे आफुहरुको आशंका रहेपनि संलग्नता रहेको हो भन्ने वारेमा पुष्टि नभएको वन कार्यालयले जनाएको छ । कार्यालयले हालै मात्र आधा दर्जन कर्मचारीहरुलाई फेरबदल गरेको छ ।।
- Blog Comments
- Facebook Comments





