ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
...
किसान स्वर्णिम प्रतिभा पुरस्कारवाट सम्मानीत
दाङ २६ मंसिर । मध्यपश्चिम क्षेत्रका ५० हजार बाख्रापालक किसानहरु मध्यवाट दाङकी चन्दा रोका मगर उत्कृष्ट किसानको रुपमा छनोट हुनुभएको छ । दाङसहित ७ जिल्लाका कृषकहरु मध्य देउखुरी सतवरीया–१ वनगैं निवासी चन्द्रा रोका मगर उत्कृष्ट किसानमा छानिनुभएको हो । उहाँलाई आज एक कार्यक्रमको आयोजना गरी स्वर्णिम प्रतिभा पुरस्कारवाट सम्मान र पुरस्कृत गरिदैछ । तिन वर्षको अवधिमा बाख्रा वेचेरै ५ लाख ५ हजार ६५ रुपैयाँ कमाउन सफल हुनुभएकी चन्द्रालाई हेफर ईन्टरनेशनल नेपालले ५० हजार कृषक वाट छनौंट गरी पुरस्कृत गर्न लागेको हो । मगरले प्राप्त गरेको पुरस्कारको रासी ७० हजार रुपैयाँ रहेको छ ।।
- Blog Comments
- Facebook Comments





