ताजा अपडेट

...


क्यान महासंघ दाङको अध्यक्षमा गिरी



दाङ । कम्प्यूटर एशोसिएसन अफ नेपाल महासंघ जिल्ला शाखा दाङको प्रथम अधिवेशनबाट भीमसेन गिरी अध्यक्षमा चयन हुनुभएको छ । अधिवेशनले एक जना सदस्य पछि थप गर्ने गरी १० सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । जसमा उपाध्यक्ष शिशिर लम्साल, सचिव कृष्ण वली, सहसचिव रोशनमान श्रेष्ठ, कोषाध्यक्ष धिरज पौडेल, सदस्य केदार गिरी, मोहलाल भण्डारी, सिजन कुमार रेग्मी, राकेश बस्नेत र सि वि भण्डारी रहनुभएको छ ।
महासंघका केन्द्रीय अध्यक्ष विनोद ढकालले अधिवेशन उद्घाटन गर्नु भएको थियो । सो अवसरमा उहाँले सूचना प्रविधिको विकासले हरेक क्षेत्रको विकास निर्माणमा सहयोग पु¥याउने बताउनुभयो । विशिष्ट अतिथि केन्द्रीय उपाध्यक्ष संजय थापा केन्द्रीय महासचिव विश्व वलामी, केन्द्रीय कोषाध्यक्ष रञ्चित कुमार पोदार, केन्द्रीय सदस्य रेशम गिरी, पूर्व केन्द्रीय सदस्य शैलेन्द्र गिरी, पिताम्बर पौडेल, कमलप्रसाद पुजाली, क्यानका पूर्व अध्यक्ष निकुञ्च न्यौपाने, नरेन्द्र पुनले अधिवेशनमा शुभकामना दिनुभएको थियो । नवनिर्वाचित कार्यसमतिलाई केन्द्रीय अध्यक्ष विनोद ढकालले अबिर तथा माला लगाएर सफलताको शुभकामना दिनु भएको थियो । नवनिर्वाचित कार्यसमतिका अध्यक्ष भीमसेन गिरीले उपस्थित सम्पूर्ण केन्द्रीय पदाधिकारी, पूर्व केन्द्रीय सदस्य, पूर्व जिल्ला अध्यक्ष तथा उपस्थिति सम्पूर्ण संस्थापक सदस्य, व्यक्तिगत सदस्य, आजीवन व्यक्तिगत सदस्य, संस्थागत आजीवन सदस्य तथा उपस्थित बुद्धिजीवी, व्यापारी, पत्रकार सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.