ताजा अपडेट

...


औषधी आपुर्ति केहि सहज



ईन्द्रेणी सम्वाददा दाङ, २८ मंसिर पछिल्लो समयमा नाका केही सहज भएपछि औषधिको आयात बढेको छ । अहिले नेपालगन्ज र बीरगञ्जको नाका हुँदै दैनिक २÷३ गाडी औषधि भित्रिएका छन । नेपाल औषधि व्यवसायी संघका अनुसार पछिल्लो १०÷१५ दिनदेखि औषधिको आयात बढ्दै गएको छ । आयात बढेकाले अभाव पनि कम हुदै गएको संघका अध्यक्ष मिर्गेन्द्र मेहर श्रेष्ठले बताउनुभयो । नेपालगन्ज र बीरगञ्ज नाकाबाट औषधिको आपूर्ति बढेपनि सूई मार्फत दिईने प्रायः औषधि वीरगंज नाकामा अड्किएकाले यस्ता औषधिको भने केही अभाव छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.