ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
एकल महिलाले अशुद्ध गरेको भन्दै मन्दिर चोख्याए पछि
इन्द्रेणी सम्बाददाता जनकपुर, पुस ४ । तराई मधेसमा आन्दोलनत मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रपति विद्या भण्डारीले पूजाअर्चना गर्दा अशुद्ध भएको भन्दै जानकी मन्दिर चोख्याउने नाममा शुक्रबार गंगाजल छर्केका छन्। नागरिक दैनिकमा समाचार छ। विधवाले मन्दिरभित्र गएर पूजा अर्चना गर्न नपाइने धार्मिक मान्यता रहेको भन्दै उनीहरुले राष्ट्रप्रमुख र आम महिलाको समेत उपमान हुने गरी अन्धचेतना प्रर्दशन गरेका हुन्। विधवाले मन्दिरभित्र गएर पूजा गर्नुको साथै सुरक्षाकर्मीले जुत्ताचप्पल लगाएर प्रवेश गर्दा मन्दिर असुद्ध भयोु आन्दोलन परिचालन समिति एवम सदभावना पार्टीका जिल्ला अध्यक्ष संजय सिंहले भने, आन्दोलनकारी तथा स्थानीय क्लवका सदस्यले सफाइ गरी मन्दिरमा गंगाजल छर्केर सुद्धिकरण गरेका हुन्।
- Blog Comments
- Facebook Comments





