ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
पत्रकार महासंघ दाङ आज देखी २३ औँ बर्षमा
दाङ, ४ पुस । नेपाल पत्रकार महासंघ दाङ शाखाले आज आफ्नो २३ औँ स्थापना दिबस एवं साधारणसभा मनाएको छ । महासंघका अध्यक्ष सुदिप गौतमको अध्यक्षता एवं महासंघ दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता तथा महासंघका केन्द्रीय सदस्य अजयदिप शर्मा र प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको विशिष्ठ आतिथ्यतामा स्थापना दिवस मनाइएको हो । कार्यक्रममा बोल्ने बिभिन्न क्षेत्रका बक्ताहरुले पत्रकारहरु सदैब सामाजिक उत्तरदायित्व प्रति प्रतिबद्ध हुनुपर्ने धारणा राखेका छन् । प्रमुख अतिथी नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले मुलुकको संकट समाधानका लागि पत्रकारहरुले अब नागरिकहरुमा आत्मनिर्भरता पैदा गर्ने बिषयहरुलाई जागृत गर्नुपर्ने बताउनुभयो । नागरिकहरुलाई उत्साही गर्दै शान्ति, बिकास, आत्मनिर्भरता, संबृद्धी र न्यायको पक्षमा पत्रकारीताले आफ्नो धर्म निभाउनु पर्ने उहाँको भनाई छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अजयदिप शर्माले सञ्चार माध्यमका निती समय सापेक्ष बनाउन महासंघ लागि परेको बताउनुभयो । दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले पत्रकारीताको प्रबद्र्धनका लागि आफुले सक्दो सहयोग गर्ने भन्दै सुसासन, शान्ति र बिकास व्यवस्थापनमा पत्रकारहरु संग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधि, नागरिक समाज लगाएत बिभिन्न संघसंस्थाका प्रतिनितिहरुले दाङको पत्रकारीता समाजिक चेतना फैलाउने र बिकासमूखी रहेको बताएका थिए ।।
- Blog Comments
- Facebook Comments




