ताजा अपडेट

...


सञ्चार सुविधावाट वन्चित कुरेलीवासी



इन्द्रेणी सम्बाददाता
रोल्पा,५ पौष रोल्पा । कुरेलीका सर्वसाधारणहरु सञ्चार सुविधावाट वन्चित भएका छन । गाँउमा भरपर्दो सन्चार सुविधा नहुँदा गाविसका उपावाङ, सरावाङ, चैत्यलेक, कुरेली र सर्सुवारी गाँउका स्थानीय ा समस्यामा परेका हुन् । कुरेली गाविसमा भरपर्दो सन्चार सेवा नभएपछि ५ गाँउका २ सय वढि घरपरिवार सन्चार सेवावाट वन्चित भएका हुन ।
ति विकट गाँउमा नमस्ते, एनसिएल, हेलो र स्काईको फोनले काम नगर्दा देश–विदेशमा रहेका आफन्तसँग सम्पर्क गर्न र घरायसी काममा समेत समस्या भएको स्थानीय मैता वुढा मगरले गुनासो गर्नुभयो । भौगोलिक विकटता र सरोकारवाला निकायको लापरवाहिका कारण आफुहरु सन्चार सेवावाट वन्चित हुनुपरेको उहााले वताउनुभयो ।

स्थानीयलाई फोन गर्नको लागी दुई–तीन घण्टा पैदल हिँड्नुपर्ने, सानो कामकै लागी पनि घण्टौ हिड्नुपर्ने समस्या रहेको छ । कुरेली गाँविसको सवै गाँउमा सञ्चार सुविधा विस्तारका लागि हेलो नेपालको टावर राख्ने तयारी गरेपनि त्यो कुरामा मात्र सिमीत रहेको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.