ताजा अपडेट

...


एक महिला मृत अबस्थामा भेटिइन



इन्द्रेणी सम्बाददाता 

दाङ १६ मङ्सिर ।  दाङको तुलसिपुर स्थित सृजना होटलमा सल्यानकी एक महिला मृत अबस्थामा भेटिनु भएको छ । सल्यान खलंगा ७ घर भएकी ३२ बर्षिय चितमाली बिश्वकर्मा तुलसिपुर ५ बसपार्कमा रहेको सृजना होटलमा आज विहान मृत अबस्थामा भेटिनुभएको हो ।

हिजो सल्यानबाट ट्यांकटरमा तुलसिपुर आएको र होटेलमा बास बस्नु भएकी बिश्वकर्मा बिहान मृत अबस्थामा भेटिनुभएको हो । बिहान ९ बजे सम्म नउठेपछि होटल धनीले प्रहरीलाई खबर गरेको र ढोका फोडेर हेर्दा ओच्छ्यान मै मृत अबस्था भेटिनुभएको थियो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.