ताजा अपडेट

...


विष सेवन गराएको अभियोगमा पक्राउ



इन्द्रेणी सम्बाददाता 

दाङ, १६ मंसिर । दाङमा विष सेवन गराएर हत्या गरेको आशंकामा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम दाङको पवननगर ७ खैरीपुर निवासी २३ वर्षिया सुनिता भण्डारीलाई आफ्नै छोराको हत्या गरेको आशंकामा ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाईले विष सेवनपश्चात २ वालकको तुलसीपुरको एक अस्पतालमा उपचार गराउने क्रममा आमालाई अनुसन्धान गर्दा विष सेवन गराई हत्या गरेको आशंका गरिएको जानकारी दिनुभयो । भण्डारीले ६ वर्षका छोरा सुजन र ३ वर्षका छोरा सुजललाई विष सेवन गराएको आशंकामा अनुसन्धान जारी रहेको उहाँले वताउनुभयो ।

विष सेवनबाट ३ वर्षका छोरा सुजलको मृत्यु भएको र सुजन भने खतरामुक्त रहेको राप्ती अंञ्चल अस्पताल तुलसीपुरले जनाएको छ । सुजनको अहिले पनि अञ्चल अस्पतालमै उपचार भइरहेको छ । घटनावारे अनुसन्धान गर्दा भमके खोलाको पुल नजिकै रहेको नर्सरीमा विषादीका सामाग्री समेत भेटिएको छ । २ छोरालाई लिएर सुनिता हिजो विहान माईत जान भनेर हिडेको वताईएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.