इन्द्रेणी सम्बाददाता
दलित सञ्जाल सौडियारको आह्वानमा दलित वस्तीमा जागरण ल्याउन घरदैलो अभियान थालिएको छ । गाविसले सञ्चालन गरेको पूर्ण सरसफाई अभियान, बालमैत्री स्थानिय शासन तथा लैंगिक हिँसा न्यूनीकरण अभियानका वारेमा दलित समुदायलाई सचेत बनाउन अभियान थालिएको हो ।
दलित समुदायको वस्ती रहेका प्रत्येक वडाका टोल टोलमा पुगेर शौचालयको प्रयोग, घर आगनको सरसफाई, आनीवानी परिवर्तन, आर्थिक अवस्था, बालबालिकाप्रतिको व्यवहार, मदिरा सेवन लगायतका विषयमा सचेतना प्रदान गरिने सञ्जालका अध्यक्ष अनिता नेपालीले जानकारी दिनुभएको छ ।
पछिल्लो समय दलित वस्तीहरुमा शौचालयको प्रयोग कम हुन थालेको, शौचालयमा दाउरा तथा पराल राख्ने गरेको, बालबालिकालाई नियमित बिद्यालय नपठाउने जस्ता गुनासो आएपछि सञ्जालको नेतृत्वमा सचेतना अभियान चलाइएको हो ।
नागरिक सचेतना केन्द्रका संयोजक गोमा नेपालीका अनुसार दलितहरुको बाक्लो वस्ती रहेको वडा नम्वर ६ को धौरेलीडाडा, ९ को कनरिया, ५ को कोरीडाडा, ४ को फचकपुर, करैष, बचई सोता, ३ नम्वरको लखवार, १ नम्वरको अघरा तथा चैनपुरका प्रत्येक घर घरमा पुगेर सचेतनो अभियान चलाइएको हो ।।