ताजा अपडेट

...


संगठन सुदृढिकरण अभियान



ईन्द्रेणी सम्वाददाता
दाङ, १५ पुस
नेपाल उत्पीडित जातिय मुक्ति समाज दाङले संगठन सुदृढिकरण अभियानलाई जारी राखेको छ । पौष समान्त सम्म दाङ जिल्ला सम्मेलन गर्ने उदेश्यले जिल्लाका विभिन्न गाविसहरुमा संगठन निर्माण अभियानलाई जारी राखेको हो ।

अभियान अन्र्तगत दाङको लक्ष्मीपुर गाविसमा भिमबहादुर नेपालीको अध्यक्षतामा १७ सदस्यीय कमिटी निर्माण गरीएको छ । जस्को उपाध्यक्षमा पुनम सुनार, सचिबमा जंगबहादुर नेपाली, उपसचिबमा किशोर विश्वकर्मा र कोषाध्यक्षमा दलबहादुर सुनार रहनु भएको छ ।

कुल बहादुर गोतामेको अध्यक्षता तथा नेकपा एमाले दाङका निबर्तमान अध्यक्ष नरुलाल चौधरीको प्रमुख आतिथ्यता तथा मुक्ति समाजका जिल्ला ईन्चार्ज मानबहादुर विश्वकर्माको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएका हो । यस्तै दाङको फूलबारी गाविसमा पनि चित्रबहादुर विकको अध्यक्षतामा ११ सदस्यीय कमिटि गठन गरीएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.