ईन्द्रेणी सम्वाददाता
रुकुम, १५ पुस
रुकुमका एक व्यक्तिको मलेसियामा शव अलपत्र परेको छ । रुकुम अर्मा २ घर भएका पदमबहादुर रोकायाको शव मलशियाको एक अस्पतालमा अलपत्र परेको मृतका छिमेकी कमल ओलीले जानकारी दिनुभएको छ ।
दुईवर्षदेखि मलेसियामा कार्यरत रोकायालाई गएको ९ गते कामकै बेला अचानक बान्ता भएपछि क्लिनिक लैजाने क्रममा ज्यान गएको थियो । दईवर्ष पहिले मलेसियाको नेगरि सेम्बिलीन राज्यको सेरेम्वानमा काम गर्न जानुभएका रोकाया काम र कमाई राम्रो नभएपछि एकवर्ष अघि अबैधानिक रुपमा काम गरिरहेको बुझिएको छ ।
उहाँ २ लाख ५० हजार रुपैयाँ तिरेर लक्की ओभरसिज मार्फत मलेसिया जानुभएको थियो । रोकायाको शव जोहोरको सुल्तान अस्पतालमा रहेका छ । आधिकारिक व्यक्ति सम्पर्कमा नआएपछि शव अस्पतालमै रहेको हो ।।