ताजा अपडेट

...


नाकाबन्दी अन्त्य गर्नै प्रयास भईरहेको छ ः पोख्रेल




ईन्द्रेणी सम्वाददाता
दाङ, १४ पुस
शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले आन्दोलनरत मधेशी मोर्चासँग वार्ता र भारतसँग कूटनीतिक पहल गरेर नाकाबन्दी अन्त्य गर्न प्रमुख दल र सरकार लागिरहेको बताउनुभएको छ । मधेशी दलहरुको माग सम्वोधन गर्न संसदमा संविधान संशोधन प्रक्रिया अघि बढेको उल्लेख गर्दै उहाँले त्यसपछि मधेशी दलहरुको आन्दोलन कमजोर भएको र नाकाबन्दी विस्तारै खुल्ने क्रममा रहेको बताउनुभयो ।

एकीकृत नेकपा माओवादी दाङले गएराति घोराहीको रझेनामा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले अब शिक्षकहरुले दलीय राजनीति गर्न नपाउने बताउनुभयो । हिजो मात्रै व्यवस्थापिका–संसदमा शिक्षा ऐनको नयाँ संशोधन प्रस्तुत गरेर दाङ आईपुग्नुभएका मन्त्री पोख्रेलले उहाँले अब नयाँ ऐन आएपछि शिक्षकहरु राजनीतिक दलभन्दा विद्यार्थीप्रति उत्तरदायी बन्ने परिपाटीको थालनी हुने बताउनुभयो ।

देश विकासको आधार शिक्षा क्षेत्र भए पनि नेपालको शिक्षा क्षेत्रमा अति राजनीतिककरण रहेको उल्लेख गर्दै उहाँले अब शिक्षालाई गुणस्तरीय बनाउन शिक्षकहरुलाई विद्यालय र विद्यार्थीप्रति उत्तरदायी बनाउने कानूनी व्यवस्था गर्न थालेको बताउनुभयो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.