ताजा अपडेट

...


पिकअप दुर्घटनामा एकको मृत्यु तीन घाइते




ईन्द्रेणी सम्वाददाता
रोल्पा, १४ पुस
रोल्पामा पिक अप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ३ जना घाइते भएका छन् ।दाङको घोराहीदेखी रोल्पाको डुब्रिङका लागि छुटेको रा १ क ९४ नम्बरको पिकअप गाडी डुब्रिङ–९ खारामा हिजो दुर्घटना हुँदा सो गाडीका सहचालक डुब्रिङ ४ निवासी १७ बर्षिय प्रकाश नेपालीको मृत्यु भएको हो ।

त्यस्तै गाडीमा सवार डुब्रिङ ४ कै ३३ बर्षिय खगेन्द्र सार्की, गाडी चालक ३५ बर्षिय जय बहादुर थापा र ३७ बर्षिय कर्ण बहादुर नेपाली घाइते हुनुभएको छ । घाईते तीनै जनाको अहिले घोराहीको गोर्खा हस्पिटलमा उपचार भईरहेको प्रहरीले वताएको छ ।

घाइते मध्ये खगेन्द्र सार्कीको अबस्था गम्भीर रहेको बताइएको छ । सामान लियर घोराहीदेखी डुब्रिङका लागि छुटेको गाडी डुब्रिङ – ९ खारामा अनियन्त्रित भई बाटो देखि करिब २० मिटर तल खसेको ईलाका प्रहरी कार्यलय हालेरी जानकारी दिएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.