ताजा अपडेट

...


येशु ख्रिष्टको जन्मोत्सव मनाँईदै




ईन्द्रेणी सम्बाददाता
दाङ, १० पुस
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव आज देशभरका चर्चमा विविध कार्यक्रम गरी मनाइँदैछ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएको जनदविश्वास छ । 

सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रसमा चढेको उनका अनुयायीको भनाइ छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि र्पुयाएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिस्टियन महासङ्घका महासचिव सिबी गहतराजले जानकारी दिनुभयो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.