ईन्द्रेणी सम्वाददाता
दाङ, ९ पुस
दाङमा आज ९६ हजार लिटर पेट्रोलीयम पदार्थ आँउन लागेको छ । घोराही र तुलसीपुरका लागी ३८ हजार लिटर डिजल, ३२ हजार लिटर मट्टितेल र २६ हजार लिटर पेट्रोल आउन लागेको नेपाल आयल निगम इन्धन डिपो कार्यालय तुलसिपुरले जनाएको छ ।
भारतीय नाकावन्दीपछि पेट्रोल र डिजलको तुलनामा मट्टितेल थोरै पटक आएको छ । आज आएको मट्टितेल वजार विक्रेताहरुलाई उपलव्ध गराईने कार्यालय प्रमुख विपिन श्रेष्ठले जानकारी दिनुभयो । नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जवाट आज दिउसोसम्म उक्त परिमाणमा ईन्धन आउन लागेको हो ।
उक्त पेट्रोलीयम पदार्थ घोराही र तुलसीपुरका विभिन्न पेट्रोल पम्पवाट वितरण गरिने छ । ईन्धन आउने पर्खाईमा पेट्रोल पम्महरुमा गाडीहरु लाईनमा रहेका छन । यसैविच, नाका केहि खुला भएपछि दाङमा पनि ईन्धन आपुर्ती केहि सहज देखिएको छ । पेट्रोलीयम पदार्थ आपुर्तीमा सहजता भएपनि सवैले पेट्रोल पाउन नसकको गुनासो वढ्न थालेको छ ।
यसैविच, रुपन्देहीको बेलहिया नाका भएर इन्धन बोकेका ३२ वटा गाडी नेपाल भित्रिएका छन् । खाना पकाउने एलपी ग्यासका ३० बुलेट र दुई ट्यांकर डिजेल नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ । केही दिनदेखि बेलहिया नाका सहज बन्दै गएको छ ।।