ताजा अपडेट

...


छिट्टै नाकाबन्दी खोल्न भारत बाध्य हुन्छ - उपप्रम मैनाली



इन्द्रेणी सम्बाददाता 
तिलोत्तमा ९रुपन्देही०, १९ मङ्सिर । उपप्रधानमन्त्री सिपी मैनालीले नाकाबन्दीका कारण अन्तर्राष्ट्रिय जगत्मा भारतको छवि बिग्रिएकाले भारत छिटै नाकाबन्दी खोल्न बाध्य हुने बताउनुभएको छ ।

यहाँ आज आयोजित साक्षात्कारमा उहाँले बिनाकारण नाकाबन्दी लगाएकाले नाकाबन्दी खोल्न भारतलाई भारतीय नागरिकलगायत अन्तर्राष्ट्रिय जगत्बाट समेत व्यापक दबाब बढेकाले भारतले छिट्टै नाकाबन्दी खोल्ने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि भारतसँग मात्रै निर्भर रहेको नेपालको व्यापार अवका दिनमा अन्य मुलुकसँग पनि विस्तार गर्ने गरी सरकारले गृहकार्य गरिरहेको जानकारी उहाँले दिनुभयो ।
नेकपा९माले०का महासचिव मैनालीले भन्नुभयो– “तीनतिरबाट घेरिएको छिमेकी मुलुकले भन्सार रोक्नु भनेको मान्छेको घाँटी थिच्नु जस्तै हो ।”

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.