ताजा अपडेट

...


पूर्वमन्त्री तरकारी खेतीमा




इन्द्रेणी सम्बाददाता 
 बर्दिया (गुलरिया), १८ मङ्सिर । पूर्व मन्त्री विष्णुप्रसाद थारुले अहिले व्यावसायिकरुपमा तरकारी खेती गर्न सुरु गर्नु भएको छ ।

गत २०६४ सालको संविधानसभा निर्वाचनमा बर्दिया क्षेत्र नं. २ बाट निर्वाचित भएर मन्त्रीसमेत भएका थारुले आफ्नै गाउँमा तरकारी खेती सुरु गर्नु भएको हो ।



पछिल्लो समयमा भारतले अघोषितरुपमा नाकाबन्दी गरेपछि स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुलगायत तरकारी अभाव हँुदै गएको बेला पूर्वमन्त्री थारुले अरु सर्वसाधारण कृषकलाई समेत आत्मनिर्भर भएर बाँच्नका लागि पाठ सिकाउन सफल भएका छन् ।

बर्दियाको मगरागाडी गाविसस्थित धोबीया गाउँमा उनले जैविक तरकारी उत्पादन गर्न सुरु गरेका छन् । पूर्वमन्त्रीले खेती गर्न थालेपछि यस क्षेत्रका अन्य युवाले समेत यसबाट प्रेरित भएर तरकारी उत्पादन गर्न थालेका छन् ।

धोविया गाउँका अधिकांश कृषकले तरकारी उत्पादन गर्दै आएका छन् । थारु गाउँको रुपमा रहेको धोविया बर्दिया जिल्लाकै तरकारी उत्पादनको लागि एक नमुनायोग्य गाउँको रुपमा स्थापित हुदै गएको छ ।

थारु समुदायका महिला तथा पुरुषले जैविक तरकारी उत्पादनमा जोड दिएका छन् । जसले गर्दा जिल्लाका विभिन्न हाटबजारलगायत तरकारी पसलमा आयात हुने भारतीय विषादीयुक्त तरकारी विस्थापित हुँदै गएको छ ।

पूर्वमन्त्री थारु भन्नु हुन्छ ‘तरकारी खेती गर्ने उदाहरणीय गाउँको रुपमा परिचित गराउँदै यहाँका अधिकांश मानिस यसैबाट आत्मनिर्भर बन्दै गइरहेका छन् ।’

एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्यसमेत रहेका थारुले बर्दियाका अधिकांश बजारमा जिल्ला मै उत्पादन भएको तरकारीको माग र खपत भइरहेको बताउनु भयो ।
बजारमा तरकारीले राम्रो मुल्य पाएपछि कृषक पनि तरकारी उत्पादनमा उत्साहित भएर लाग्न थालेका छन् । १० कठ्ठामा तरकारी खेती गरेका पूर्वमन्त्री थारुले काउली, सिमी, करेला, बोडी, भिन्डी, फर्सी, गाँजर, आलु, खुर्सानी, लौकालगायत विभिन्न जातको तरकारी उत्पादन गरिरहेका छन् । आपूmले विभिन्न खालका वेमौसमी तरकारी पनि उत्पादन गरिरहेको पूर्वमन्त्री थारुले उल्लेख गर्नु भयो ।

तरकारीबाट राम्रो आम्दानी हुने भएकाले धान, मकै, गहँुलगायतको खाद्यान्न बालीलाई छोडेर तरकारी उत्पादनमा जोड दिइएको उहाँको भनाइ छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.