इन्द्रेणी सम्बाददता
दाङ १५ मङ्सिर । नेपाल पत्रकार महासघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र बिष्टले बालबालिकाका लागि मिडिया पोलीसी र आचार संहिता बनाउँनु पर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल , नेपाल केन्द्रिय बाल कल्याण समिति,सुचना तथा संञ्चार मन्त्रालयले संयुत्त आयोजनामा मंगरवार घोराहीमा भएको बाल संबेदनशिल आम–संचार आचार संहिता बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
अध्यक्ष डा.बिष्टले बालबालीकाको संबेदनशिलतालाई ध्यानमा राखेर अन्तरिक्रया कार्यक्रमको आयोजना गरिएको औल्याउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका डा. बिष्टले हाम्रो रिपोटिङका कारणले कुनै पनि बालबालीका अप्ठेरो नपरोस भन्ने उदेश्यले बालबालिका समन्धि नयाँ पोलीसी निमार्ण गर्ने खोजिएको औल्याउनुभयो ।
बाल संबेदनशिलताका बिषयमा देशका पाँचै बिकास क्षेत्रमा कार्यक्रम सम्पन्न भएका कारण अब छिट्टै जिल्ला जिल्ला बाट आएका सुझाबका आधारमा आचार संहिता बनाउँने बताउनुभयो । प्रमुख अतिथी डा. बिष्टले नाकाबन्दी र मधेस आन्दोलनका बिषयमा नेपाल पत्रकार महासंघले छुट्टै अबधारणा बनाउँन खोजेको बताउँदै त्यसका लागि छिट्टै मेधसका २२ जिल्लालाई समेटेर सम्मेलन आयोजना गर्ने थालेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार कुन्दन अर्यालले बालबालिका महिलाको रिपोटिङ कसरी गर्ने भन्ने कुरामा ध्यान पुर्याउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बिशिष्ट अतिथी प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायण प्रसाद शर्माले हाम्रो रिपोटिङ समाज केन्द्रित गर्नुपर्ने बताउनुभयो कार्यक्रममा सूचना बिभागका निर्देशक बिष्णुभक्त रंजित,दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल,स्थानिय बिकास अधिकारी रमेश गौतम लगायतले आ आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब गजेन्द्र बोहराले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संचार माध्यमका प्रमुख ,जिल्ला क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।