ताजा अपडेट

...


सवारी दुर्घटनामा परी ५ जना घाईते



इन्द्रेणी सम्बाददाता 
दाङ, १५ मंसिर । दाङमा भएको सवारी दुर्घटनामा परी ५ जना घाईते भएका छन । गएराति सतवरिया ६ भौकामा रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किदा ५ जना घाईते भएको प्रहरीले जनाएको छ । बर्दियावाट काठमाण्डौ जाँदै गरेको ना ४ ख ७३४५ नंवरको वस विग्रेर रोकि राखेको लु १ ख ६७४९ नंवरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी बसमा सवार रुपन्देहीको बुटवल नगरपालका ४ वस्ने ३६ वर्षकी कोपिला आचार्य, बर्दिया गुलरीया नगरपालिका १ का ३१ वर्षिया वुधनी थारु, बर्दिया कालिका गाविस ३ वस्ने २१ वषकी अस्मिता न्यौपाने, बर्दिया सानो श्री ६ का २२ वर्षिय मदन कुमार ज्ञवाली र बर्दिया राजापुर १३ वस्ने ३५ वर्षिय मानवहादुर आले घाईते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाईतेहरुको लमही आखाँ अस्पताल र वुटवलमा उपचार भईरहेको छ । बसका चालक र बसलाई सतवरिया प्रहरीले नियन्त्रणमा लिएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.