ताजा अपडेट

...


दाङका ४ वटा खोलाहरुलाइ स्वीकृति



रेखा मगर
दाङ, १५ मंसिर । सरकारले दाङका ४ वटा खोलाहरुवाट नदीजन्य पदार्थ निकासीका लागी स्वीकृति प्रदान गरेको छ । जिल्ला दैविप्रकोप उद्धार समितिले ४ वटा खोलाहरुवाट नदीजन्य पदार्थ खुला गर्न गरेको सिफारिस अनुसार राष्ट्रपति चुरे संरक्षण समितिले निकासीका लागी स्वीकृति प्रदान गरेको हो ।


दाङका स्थानीय बिकास अधिकारी रमेश गौतमले राप्ती नदिको पश्चिमी क्षेत्र, बबई, ग्वार र पातु खोलावाट ढुंगा, गिट्टी र बालुवा निकासीका लागी स्वीकृति पाएको जानकारी दिनुभयो । स्थानीय विकास अधिकारी गौतमले ति ४ वटा खोलाहरुवाट उत्खनन् गर्नका लागी सरोकारवालाहरुसंग छलफल थालिने वताउनुभयो ।

सरकारको यो स्वीकृतिले दंगाली उपभोक्ताहरुलाई थोरै भएपनि राहत मिल्ने अपेक्षा गरिएको छ । तर यसले उपभोक्तालाई प्रर्याप्त भने नहुने वताईएको छ । दाङका खोलाहरुवाट ढुंगा, गिट्टीबालुवा निकासीमा रोक लाग्दा विकास निर्माणको काम प्रभावित भएको छ भने निर्माण कम्पनीहरु पनि मारमा परेका छन ।

यसैविच, दाङका वाँकी १८ खोलाहरुमा नदीजन्य पदार्थ निकासीका लागी भने प्राविधिक अध्ययन चलिरहेको उहाँले वताउनुभयो । जिल्लामा नदीजन्य पदार्थ उत्खनन्को सहज वातावरण नभएपनि चोरी निकासी गरेर उत्खखन् हुँदै आएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.