रेखा मगर
दाङ, १५ मंसिर । रुकुम खलंगाकी एक महिला वेपत्ता छोरी खोज्दै दाङको सडकमा भौतारिरहनु भएको छ । खलंगाकी ३५ वर्षिया लक्ष्मी विककी छोरी हराएको आज १२ दिन वितेको छ । अहिले उहाँ छोरीको वारेमा २ वर्षको वच्चा वोकेर दाङको सडकमा भौतारीरहेपनि छोरीको अवस्था पत्ता लाग्न सकेको छैन । १५ बर्षिया छोरी अजितालाई कपासी वगीयामा रहेको नेहा डिजल्समा राम्रो काम लगाईन्दिछु भन्दै ना ३ ख ७९७४ नम्वरको वसका चालक दिपक डाँगी नाम गरेका व्यक्तिले घोराही ल्याएका थिए ।
आर्थिक अवस्था कमजोर भएका लक्ष्मीका ४ वटी छोरीलाई लालन पालन गर्न अफ्ठेरो भएकाले काम गर्न पठाएको वताउनु भयो । मंसीर १ गते कामका लागी घरवाट पठाएको र ३ गते अजिता हराएको भनी घरमा गएपछी लक्ष्मी वेपत्ता छोरी खोज्न तछाडमछाड गरिरहनुभएको छ । मंसीर ८ गते जिल्ला प्रहरी कार्यालय दाङमा छोरी खोजी गरी पाउँ भनी निवेदन समेत दर्ता गरिएको छ ।
तर, छोरीलाई काममा लगाईदिन्छु भन्ने व्यक्तिले आफुलाई अजिताको वारेमा केहि जानकारी नभएको वताएपछी आफु निकै चिन्तामा रहेको लक्ष्मीको भनाई छ । परिवार तथा महिला अधिकारकर्मीहरुले छोरी वेचविखनमा परेको आशंका गरेका छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको समयमा अजिता वेपत्ता हुनुभएको हो ।।