इन्द्रेणी सम्बाददाता
काठमाण्डौ ११ मंसिर । तराई मधेशमा देखिएको आन्दोलन र नाकाबन्दीको असरका कारण सम्प्रदायीक हिंसा भड्कीन सक्ने तर्फ सरकारले उच्च सतर्कता अपनाएको छ । आज दिनभर सुनसरीको ईटहरी आसपासमा देखिएको तनाबले सम्प्रदायीक हिंसाको रुप लिन सक्ने भन्दै सरकारले चासो दिएको छ ।
केहिदिन देखि तराई मधेशमा अराजक आन्दोलन हनु थाले पनि राजनितीक दलका नेताहरुले बार्ताको बाताबरण बनाउन सक्रिय देखिएका छन भने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सद्भावलाई कायम राख्न आग्रह गर्दै आउनु भएको छ ।
आज मधेसी मोर्चाले इटहरीमा गर्ने भनिएको आमसभा स्थानीय बासिन्दाले अवरोध गर्दै मञ्च जलाएका थिए । इटहरीमा आज उपेन्द्र यादव र राजेन्द्र महतो लगायतका नेताहरु जाने खबर पाए पछि स्थानियहरुले आमसभाको मञ्च नै जलाएका हुन ।
सम्भाब्य गतिविधि रोक्न उच्च सतर्कता अपनाउदै ठुलो मात्रमा प्रहरी परिचालन गरीएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बार्ताको माध्यमबाट मधेसी जनताका अधिकार सम्बोधन हुने भन्दै सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गर्नुभएको छ ।
आफ्नै आज प्रेस काउन्सिल नेपालको ज्ञापनपत्र बुझ्दै ओलीले सामाजिक सद्भाव भड्कने तिर सचेत हुन आग्रह गर्नुभयो । उहाले मुलुकलाई अगाडि बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै सामाजिक सद्भाव बिथोल्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो ।।

![]() |
| फाइल तस्वीर |