ताजा अपडेट

...


विप्लप द्वारा आज नेपाल बन्दको घोषणा



इन्द्रेणी सम्बाददाता

दाङ, १२ मंसिर  विप्लव नेतृत्वको नेकपा माओवादीले आज १ दिन नेपाल बन्दको आह्वान गरेको छ । भारतीय नाकाबन्दी र कालोबजारी विरुद्ध १ दिने नेपाल बन्द आयोजना गरेको सो पार्टीले जनाएको छ । नाकाबन्दीको बिरोधमा आयोजना गरिने नेपाल वन्दमा दाङमा शैक्षिक संस्थावाहेक सवै क्षेत्र ठप्प रहने माओबादी दाङका सेक्रेटरी सितलले जानकारी दिनुभयो ।
आज बिहान पाँच बजेदेखि अपरान्ह ४ बजेसम्म बन्द रहने सेक्रेटरी सितलले बताउनुभयो । बन्दका क्रममा शैक्षिक संस्था वाहेक बजार, यातायात, कलकारखाना सवै क्षेत्र ठप्प रहनेछ । नाकावन्दीको विरोध गर्दै आएको बिप्लव माओवादीले भारतीय नंवर प्लेटमा गाडीमा आग्जनी गर्दै आएको छ । आज मात्रै काठमाण्डौमा एक भारतीय गाडीमा माओवादी कार्यकर्ताले आगजनी गरेका छन ।।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.