ताजा अपडेट

...


भारतको दलाली गर्न छाड्नुपर्छ - गुरुङ




इन्द्रेणी सम्बाददाता 

दाङ, ११ मंसिर ।  मोहन बैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय नेताहरुले भारतले नेपाल माथि ठाडो हस्तक्षेप गरेको भन्दै दाङको घोराहीमा बिरोध जनाएका छन् । उनिहरुले देश भित्रका शासकहरुका कारण भारतले घोषित रुपमै हस्तक्षपकारी भुमिका खेलेको बताएका हुन् ।

अघोषित नाकाबन्दीको बिरोधमा घोराहीको तुलसीपुर चौकमा आयोजित सभामा नेताहरुले नेपाललाई स्वाधिन र स्वतन्त्र बनाउन सम्पुर्ण नेपालीहरु एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन । अहिले भारतले बिभिन्न बाहनामा नेपाल माथि हस्तक्षेप गरेको भन्दै सन् १९५० लगाएतका असमान सन्धी सम्झौताहरु खारेज गरिनुपर्ने नेताहरुले माग गरेका छन् ।

सभालाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका थारुवान राज्य संयोजक एवम् केन्द्रिय सचिबालय सदस्य यसोधा सुबेदी गुरुङले भारतिय बिस्तारबादको दलाली गर्न दलहरुले छोड्नुपर्ने भन्दै नेपाललाई परनिर्भर बनाउने योजना सहित अघि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य ईन्द्रजित थारुले ठुला दलहरु राष्ट्रियताको पक्षमा गम्भिर नभएको भन्दै देश भित्रकै शाषकहरु नाकाबन्दी लम्बिनुको मुख्य कारक रहेको आरोप लगाउनुभयो । बिरोध सभाको सहजिकरण नेकपा क्रान्तिकारी माओबादीका जिल्ला सेक्रेटरी रामबहादुर दहित अन्जानले गर्नुभएको थियो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.