ताजा अपडेट

...


आज लक्ष्मी पूजा



इन्द्रेणी समाचारदाता 
कार्तिक २५ दाङ । तिहारको  तेस्रो दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरिँदैछ । घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ । यसै विश्वासका साथ आज बेलुका घरघरमा दीपावली गरिन्छ । घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला बनाइन्छ ।  

त्यहि पाईलामा टेक्दै लक्ष्मी घरमा प्वेश गर्छिन भन्ने विश्वास छ । लक्ष्मी पूजाको रात्रिलाई सुखरात्रि भनिन्छ । विशेषगरी आजको दिनदेखि गाउँघरमा दउसीभैलो खेलिन्छ । लक्ष्मी पूजाका दिन बिहानै गाई पूजा गर्ने चलन केही ठाउँमा भएपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजाको विधान शास्त्रमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार गाई, गोरु र गोबद्र्धन पूजा भोलि हो । आजैका दिन नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा एक सय छ औँ जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइन्छ । १९६६ कात्तिक कृष्ण औँसी अर्थात् आजैका दिन महाकवि देवकोटाको जन्म भएको थियो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.