ताजा अपडेट

...


ब्राउन सुगर सहित २ जना पक्राउ



इन्द्रेणी समाचारदाता
दाङमा ठुलो परिमाणमा ब्राउन सुगर सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । तुलसीपुर नगरपालीका वडा नं. १२ बाट प्रहरीको टोलीले गएराती ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गएराती गरेको हो । सानो र ठूलो गरि १७ पोका ब्राउन सुगर सहित तुलसीपुर–१२  निवासी २९ बर्षिय राजन विक र तुलसीपुर–८ दुधेना निवासी २४ बर्षिय शिशिर काफ्ले पक्राउ परेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरुबाट ९ थान मोवाईल सेट, ट्याब्लेट एक थान र एक लाख ४५ हजार रुपैंया नगद सहित नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि कृष्ण प्रसाईले जानकारी दिनुभएको छ । पक्राउ परेकाहरु माथी अनुसन्धान र कार्वाही प्रकृया सुरुभएको प्रहरीले बताएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.